नियम तथा सर्त
Terms & conditions · Updated 10 November 2026
१. प्रयोग र स्वीकृति
खाता बनाउँदा यी सर्त र Privacy policy पढेर स्वीकार गर्नुहोस्। साइटको प्रयोग आफूलाई लागू हुने नियम र अभिभावकीय व्यवस्थासँग मिलाएर गर्नुहोस्। सर्त स्वीकार गर्न नचाहनुभए खाता नबनाउनुहोस् र सामग्री पोस्ट नगर्नुहोस्।
२. खाता र सुरक्षा
आफ्नो इमेल र विवरण सही राख्नुहोस्। Password अरूलाई नदिनुहोस्। अरूको खाता प्रयोग गर्ने, प्रणालीको पहुँच नियन्त्रण छल्ने वा स्वचालित दुरुपयोग गर्ने काम नगर्नुहोस्। सुरक्षा वा दुरुपयोगका कारण admin ले खाता रोक्न सक्छ। Self-service email verification र password recovery यस संस्करणमा उपलब्ध छैनन्।
३. सिकाइ र प्रमाणपत्र
पाठ, परीक्षा र स्तर स्वयं निर्देशित अभ्यासका लागि हुन्। अंक र e-certificate लाई मान्यताप्राप्त परीक्षा, रोजगार योग्यता, स्वतन्त्र पहिचान प्रमाणीकरण वा certified CEFR प्रमाणका रूपमा प्रस्तुत नगर्नुहोस्। सिकाइको गति र नतिजा व्यक्ति तथा अभ्यासअनुसार फरक हुन्छ।
४. सार्वजनिक पोस्टको जिम्मेवारी
नयाँ user post सामान्यतया तत्काल सार्वजनिक हुन्छ। आफूले लेखेको वा प्रकाशित गर्न अनुमति भएको सामग्री मात्र राख्नुहोस्। परम्परागत उखान र उद्धरणलाई उचित स्रोत वा प्रकृति खुलाउनुहोस्। अरूको रचना आफ्नो भनेर राख्ने, व्यक्तिको निजी जानकारी, धम्की, घृणा, उत्पीडन, अवैध सामग्री वा भ्रामक spam पोस्ट नगर्नुहोस्।
५. रचनाको स्वामित्व र प्रदर्शन
तपाईंको मौलिक रचनाको स्वामित्व तपाईंसँग रहन्छ। पोस्ट गर्दा साइट सञ्चालनका लागि त्यसलाई host, display र आवश्यक ढाँचामा प्रस्तुत गर्न गैर-विशेष अनुमति दिनुहुन्छ। यसले स्वामित्व हस्तान्तरण गरेको अर्थ दिँदैन। आफ्नो पोस्ट लुकाउन वा हटाउन Contact बाट अनुरोध गर्न सकिन्छ। Admin ले अनुचित सामग्री hide गर्न वा account suspend गर्न सक्छ।
६. उपकरण र बाह्य सेवाहरू
Date conversion, Unicode, नापतौल र reference forex उपयोगी सहयोगी साधन हुन्। महत्त्वपूर्ण कागजात, कानुनी नापजाँच वा वित्तीय कारोबारअघि आधिकारिक स्रोत र provider को दर जाँच्नुहोस्। Forex मा शुल्क वा bank spread समावेश हुँदैन। बाह्य link वा विज्ञापनमा भएको सामग्रीको जिम्मेवारी सम्बन्धित provider को हुन्छ। विज्ञापन हुनु endorse गरेको अर्थ होइन।
७. फोटो र सम्पादकीय सामग्री
साइटका stock photos उदाहरणका लागि हुन्। तस्बिरका मानिसलाई ग्राहक, शिक्षक, विद्यार्थी वा testimonial दिने व्यक्ति भनेर दाबी गरिएको छैन। सिकाइका लेख र सामग्री प्रयोग गर्दा लागू copyright र licence पालना गर्नुहोस्।
८. उपलब्धता र सम्पर्क
Hosting, internet वा maintenance का कारण सुविधा अस्थायी रूपमा बन्द हुन सक्छ। त्रुटिरहित वा निरन्तर सेवा भएको ग्यारेन्टी छैन। आफ्ना महत्त्वपूर्ण drafts/export को copy राख्नुहोस्। समस्याको जानकारी वा सर्तबारे प्रश्न Contactबाट पठाउनुहोस्। परिवर्तन भए यो पेजमा नयाँ मिति राखिन्छ।
English summary
Use accurate account details, protect your credentials and publish only material you own or have permission to share. Posts are public by default and may be moderated. You retain ownership of your work while allowing the site to display it. Tools and practice certificates are educational aids, not professional or accredited assurances.